खुल्लामञ्चसँग जोडिएको सार्वजनिक जग्गा ‘बिक्री’



१४ असोज, काठमाडौं । भूमाफियाले खुलामञ्चको सरकारी जग्गा कब्जा गरेर बनाएको सटर भत्काउन डोजर लगाएको पाँच महिना पुग्यो । जनही ६ लाखदेखि ११ लाख रुपैयाँसम्म अग्रिम सलामी लिएर भूमाफियाले ५२ वटा सटर बेचेको समाचार आएपछि जनताले खुलामञ्च खाली गर्न व्यापक दवाव दिएका थिए ।

मुलुकभर सवारी दुर्घटनाबाट १ दिनमा सरदर ७ जनाको मृत्यु हुन्छ । सडक दुर्घटनाबाट मर्नेको यो संख्या सानो होइन । यस्तो विषम परिस्थितिबारे अब घर–घरले ट्राफिक नियम जान्नु जरुरी छ ।
समय परिवर्तनसँगै जब सडक बन्यो, यात्रा सहज भए पनि जोखिम कायमै रह्यो । सडक दुर्घटनाको तथ्याङ्क हेर्दा अधिकांश घटनामा चालकको लापरबाही देखिन्छ । गत वर्षमात्रै मुलुकभर १३ हजार ४ सय २१ दुर्घटनामा २ हजार ७ सय ६२ जनाको ज्यान गयो । ट्राफिक प्रहरी निर्देशनालय रामशाहपथका अनुसार तीमध्ये ९ हजार ९ सय ४० दुर्घटनाको कारण चालकको लापरबाहीले भएको निष्कर्ष छ ।
सवारी चलाउँदा हडबड गर्ने, गति तीव्र पार्ने गर्नाले दुर्घटना निम्त्याउँछ । ‘छिटो गए भन्न सकिन्न, ढिलो गए अवश्य पुगिन्छ’, ट्राफिक सचेतना सम्बन्धी यस भनाइको मतलब—हतार गरेर यात्रा नगरौँ भन्ने हो । बाहिरफेर हिँड्नुपर्ने हामी जब घरबाट निस्कन्छौँ, स्कुल–कलेज अथवा कार्यालय लगत्तै पुगिहाल्छु नि भनेर ढुक्क पनि नपरौँ । एकैछिन विचार गरौँ— कहाँबाट र कसरी हिँड्दा यात्रा सहज होला ? कुन समयमा निस्कँदा उचित होला ? हामीमध्ये धेरैको बानी हुन्छ, ठिक समय अड्कलेर मात्र घरबाट निस्कने र मुटु फुट्नेगरी दौडेर सडक छिचोल्ने तर त्यसो गर्नु राम्रो होइन । पहिल्यै योजना बुन्नोस्, सडकलाई समेत ख्याल गरेर । सडक कतै ‘डिस्टर्ब’ भए पनि ठाउँमा पुग्न तपाईंलाई हस्याङ–फस्याङ गर्नु नपरोस् । त्यसपछि ध्यान दिनोस्, ट्राफिक लाइट, जेब्राक्रस र दायाँ–बायाँ सडकमा भेटिने पैदलयात्री लगायत दोपाया/चौपाया समेतको पनि । सामान्य सडकदेखि ठूलो भिडभाड छिचोलेर, आफू पनि सुरक्षित भई अरुलाई पनि सुरक्षितसाथ बचाएर हिँड्ने क्षमता तपाईंसँग हुनुपर्छ ।
कसैको सानो लापरबाहीले ठूलो दुर्घटना हुनसक्छ । जसको कारण मान्छे त बच्दैन । तर भयावह परिस्थितिको सामना गर्ने तागत ? भोग्नेलाई जति त अरु कसलाई थाहा होला ? कुनै एक बालकले आफ्नो अभिभावक गुमाउँदा वृद्ध आमाबाबुले (भरोसाको केन्द्र) आफ्नो सन्तान गुमाउँछन् भने कोही नवजोडीले जिन्दगीको सुरुमै साथीको साथ पाउनुको सट्टा वज्रपात ! दुर्घटनामा जोगिएकाहरू पनि कोही–कोही त जीवनभर अपांगता भएको व्यक्ति भएको बाँच्नुपर्छ । मान्छे ‘घर न घाट’ भएर बाँच्नुको अवस्थाले समाजमा पर्ने प्रत्यक्ष असर ठूलो छ ।
पैदल हिँड्दा होस् वा सवारी साधनको प्रयोग गर्दा हामीले जान्नु, बुझ्नुपर्ने धेरै छन् । पैदलयात्री, सवारी चालक लगायत जोजसले सडक प्रयोग गर्छन्, तिनले ध्यान दिनुपर्ने नियम, कानुन र अनुशासन नै हो । जान्ने/बुझ्नेले पालना गरौँ । नजानेकाले सिकौँ । जो जानेर/बुझेर पनि पालना गर्दैनन्, समस्या त्यहीँ छ । त्यसलाई व्यवस्थित कसरी बनाउने ? अथवा नियम पालना कसरी गराउने ? त्यसका लागि पहिले चेतना आवश्यक हुन्छ । भेटघाट, सभा–समारोहदेखि स्कुल/कलेज/क्लब अथवा अन्य औपचारिक/अनौपचारिक कार्यक्रमस्थल जहाँ आफूले जानेको ट्राफिक नियमका कुरा गरौँ । अरुलाई पनि भनौँ । यसो गर्दा ट्राफिकबारे हाम्रो पनि चासो बढ्छ । अकालबाट जोगिएर दीर्घजीवन बाँच्न सकिन्छ । समाजमा खुसी ल्याउन सकिन्छ । सडकका अप्ठ्यारो, घुम्ती, ओरालो/भिरालो, पहरा, उकालोबाट डराउन पर्दैन, यदि ट्राफिक नियम पालन गरे । क्षमताभन्दा बढी यात्रु नचढाउनु पनि यात्रामा अर्को सुबिस्ता हो ।यातायात व्यवस्था विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/७५ सम्मदर्ता भएका सवारी साधन– ३२,२१,०४२ छन् । तीमध्ये वागमतीमा मात्र ११,७२,४१३ छन् । काठमाडौं उपत्यकामा सडकको लम्बाइ २०१४.७८ किलोमिटर छ । १०८५ ट्राफिक प्रहरीको दरबन्दी हिसाब गर्दा एक ट्राफिकले व्यवस्थापन गर्नुपर्ने सडक १.५ किलोमिटर हुन्छ । एक ट्राफिकले औसत ८ सय १४ वटा सवारी साधनलाई व्यवस्था गर्नुपर्ने देखिन्छ । प्रत्येकदिन उपत्यकामा करिब ९० प्रतिशत सवारी साधन सडकमा गुड्छन् । व्यवस्थापनको अवस्था हेर्दा सवारी दुर्घटनाको कारणमध्ये करिब ८४ प्रतिशत दुर्घटना मानवीय कारणले हुन्छ ।
अर्को, सडक बनाउँदा होस् या मर्मत गर्दा सडक विभाग, खानेपानी र विद्युत कार्यालयबीच कुनै समन्वय हुँदैन । अनुशासनको कसैलाई पर्वाह छैन । गाडीका कर्मचारी सानो कुरामा पनि अश्लील बोलेर यात्रुसँग वादविवाद गर्न र अभद्र व्यवहार देखाउन उद्यत हुन्छन् । सधैं आवेशमा हुन्छन् । यात्रु कोच्न जहाँतहीँ गाडी रोक्नु तर ‘स्टेसन’का बूढाबूढी, केटाकेटी र अपांगता भएकालाई नचढाउने प्रवृत्ति पनि त्यत्तिकै छ । तोकिएको ठाउँमा गाडी नरोक्ने, चप्पल लाएर सवारी चलाउने, लामो दूरिको यात्रामा पनि एउटैमात्र चालकले धान्ने प्रयास गर्दा दुर्घटनाका जोखिम बढेका छन् । बढी आम्दानीको चक्करमा ‘ओभर टेक’ गर्दै यात्रु तानातान गर्नु, तनाव लिएर, मदिरा पिएर सवारी साधन चलाउनाले सार्वजनिक यातायात सेवा अस्तव्यस्त हुनपुगेको छ ।

चौतर्फी दबावपछि त्यहाँ बनाइएका सटरहरू हटाइए । तर, खुलामञ्चसँगै साँध जोडिएको गुठीको जग्गामा भने अहिले पनि भूमाफियाको रजगज चलिरहेको छ । खुलामञ्चबाट उत्तर र रत्नपार्कबाट दक्षिणतर्फ रहेको एक रोपनी भन्दा बढी जग्गा व्यक्तिगत सम्पत्तिसरह प्रयोग भइरहेको तथ्य फेला परेको छ ।

दुईमाजु गुठी मन्दिरको उक्त जग्गामा काठमाडौं महानगरपालिका, गुठी संस्थान र २८ नम्बर वडा कार्यालयको मिलोमतोमा भूमाफियाले अस्थायी टहरा बनाएको स्थानीयहरू बताउँछन् । खुल्लामञ्च बचाउ अभियान लागेका स्थानीय सुसन वैद्य भन्छन्, ‘हामी खुलामञ्च जोगाउनतिर लाग्यौं, भूमाफिया चाहिँ खुलामञ्चसँग साँध जोगिएको गुठीको जग्गा बेच्न तिर लागेछ ।’

गुठी संस्थानसँग १५ हजार रुपैयाँमा भाडामा लिएको जग्गाबाट गैरकानूनी रुपमा मासिक सात लाख रुपैँया भन्दा बढी असुली भइरहेको जानकारहरू बताउँछन् ।

२०७५ मंसिर ९ गते गुठी संस्थानले भीमसेन गाउँपालिका-२, गोरखा (हाल तीनकुने काठमाडौं) की अमृता भट्टराईलाई पाँच वर्षमा लागि भाडामा दिएको देखिन्छ । अमृता र गुठी संस्थान, शाखा कार्यालय काठमाडौंका बैकुण्ठप्रसाद रेग्मीद्वारा हस्ताक्षरित सम्झौतापत्रको दोस्रो बुँदा अनुसार संस्थानले भट्टराईसँग मासिक १५ हजार रुपैयाँ भाडा लिएको छ । अमृताले गुठी संस्थान काठमाडौं शाखाको माछा पुच्छ्रे बैंकमा छ महिनाको भाडा बराबर ९० हजार रुपैयाँ धरौटी जम्मा गरेकी छन् ।

दुईमाजु गुठीको जग्गामा टहरा बनाएर पसल सञ्चालन गरिरहेका एक व्यापारीका अनुसार त्यहाँका ३५ वटा पसलबाट मासिक सात लाख रुपैयाँ भाडा उठ्ने गरेको छ । आफूहरूले प्रतिपसल मासिक २० हजार रुपैयाँ भाडा बुझाउने गरेको उनले अनलाइनखबरलाई जानकारी दिए । कपडाको खुद्रा व्यापार गरिरहेका ती व्यापारी आफूहरूले अमृता भट्टराईलाई नभई उर्मिला कडरियालाई भाडा बुझाउने गरेको बताए ।

सरसफाइ कर्मचारीको मासिक तलब सात लाख ?

गुठी संस्थानका अनुसार काठमाडौं, तीनकुने बस्दै आएकी अमृता मन्दिर सरसफाई गर्न बसेकी कर्मचारी हुन् । गुठी संस्थानका प्रवक्ता सरोज थपलिय अमृताले तलब बढाउन माग गरेपछि आफूहरूले मन्दिरमा असर नपर्ने नगरी व्यवसाय सञ्चालन गर्न अनुमति दिएको बताउँछन् ।

थपलियाको भनाइलाई मान्ने हो भने सरसफाई कर्मचारीको तलब २०७५ मंसिरदेखि मासिक सात लाख वृद्धि भएको देखिन्छ । अमृताले भने थपलियाको भनाईको खण्डन गरेकी छन् । आफूले दुईमाजु गुठीको जग्गा प्रयोग गर्न छाडेको उनको दाबी छ । अमृताले सोमबार अनलाइनखबरसँग भनिन्, ‘काठमाडौं बाहिर बस्नुपर्ने भएपछि मैले गुठीको जग्गा प्रयोग गर्न छाडिसकेकी छु ।

प्रतिक्रिया दिनुहोस्