
शनिबार सामाजिक सञ्जालमा अभिनेत्री वर्षा शिवाकोटीले केही ‘हट’ तस्बिर पोस्ट्याइन् । हेर्दा लाग्छ, उनले कुनै समुद्री किनारमा बसेर फोटोसेसन गरेकी हुन् । पुसको चिसोमा उनका तस्बिरले अधिकांश प्रशंसकको ध्यान तताएको छ । फेसबुकमा राखिएको तस्बिरको क्याप्सनमा उनले लेखेकी छन्, ‘इट्स ओके, समटाइम्स ।’
यसको अर्थ हो ‘कहिलेकाही यस्तो पनि ठिकै हुन्छ ।’ फेसबुकको तस्बिरमा २ हजार ५ सयले लाइक र करिब ३ सयले कमेन्ट गरेका छन्। उनका तस्बिरलाई प्रशंसकहरूले आफ्नै किसिमको अनुमान लगाएका छन् । ‘यो पोजले धेरै स्थानमा सिमसिमे पानीको बर्षा भयो होला,’ सामाजिक सञ्जालमा यस्ता कमेन्ट गरिएका छन्,’ हिरोइन बन्न भित्री बस्त्रनै देखाउनु पर्ने अचम्मको फिल्ड कठै !’ आखिर किन अर्धनग्न तस्बिर सार्वजनिक गरिन् वर्षाले ?
हुन त हरेक फिल्म फ्लप भए पनि फिल्ममा व्यस्तताका हिसाबले ‘हिट’ मानिन्छन् उनी । ’नाइँ नभन्नु ल २’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी वर्षाले ‘पशुपति प्रसाद’मा राम्रै प्रशंसा बटुलिन् । तर, त्यसबाहेक खेलेका दर्जन बढी फिल्मको नतिजा सन्तोषजनक देखिएन । फिल्म फ्लप भए पनि आफू चर्चामा आइरहने यी नायिकाले यस्तो जाडो मौसममा सार्वजनिक गरेको यो तस्बिरले प्रशंसकमाझ गाईंगुईं निम्ताएको छ– कतै यो वर्षाको चर्चा मोह त होइन ? उनैकै क्याप्सन ‘इट्स ओके समटाइम्स’को अर्थलाई केलाउने हो भने पनि त्यसलाई सजिलै नजरअन्दाज गर्न सकिन्छ ।
कला र कन्टेन्टका कारण चर्चामा आउन नसकेपछि कहिलेकाँही कलाकारहरु चर्चामा छाउन अनेक चर्तिकला गर्छन् । यसरी तस्बिर सार्वजनिक गरेर चर्चामा आउनेको पनि कमी छैन । धेरैले सामाजिक संजालमा सार्वजनिक गरेका तस्बिरका कारण आलोचना समेत खेपेका छन् । केही महिनाअघि अभिनेत्री सुस्मा कार्कीले पनि ‘हट’ तस्बिर राखेर सामाजिक सञ्जाल तताइन् । ‘चर्चाको अनेक फण्डा’ भनेर धेरैले आलोचना समेत गरे ।
सामाज्ञ्री राज्यलक्ष्मी शाहले पनि आफ्नो ब्वाइफ्रेण्डसँगको ‘हट’ तस्बिर इनस्टग्राममा राखेपछि केही महिनाअघि धेरैको गाली खाइन्। त्यसैगरी प्रियंका कार्की पनि तस्बिरकै कारण कहिलेकाही भाइरल बन्न पुग्छिन् । अहिले वर्षाले जाडोमा सार्वजनिक गरेको यो हट तस्बिर देखेपछि पत्रकार तथा फिल्म निर्देशक दीपेन्द्र लामाले केही वर्षअघि लेखेको एउटा स्टोरीको हेडलाइन सम्झन सकिन्छ, ‘हिरोइनलाई चिसो लाग्दैन ?’