माग पूरा नभएसम्म झापामा विद्यालय खोल्न नदिने निर्णय



 

भद्रपुर–संस्थागत विद्यालय शिक्षक युनियन इस्टु भद्रपुर नगर समितिको बैठकले शिक्षक कर्मचारीको माग सम्बोधन नभएसम्म नगर क्षेत्रमा विद्यालय सञ्चालन हुन नदिने निर्णय गरेको छ । नगर समितिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले विद्यालय सञ्चालकहरू प्याब्सन, एन प्याब्सनको नाममा राज्यको प्रचलित नीति नियम विपरीत चलेको ठहर गर्दै कानुनी उपचारका लागि श्रम अदालत जाने निर्णय गरेको छ ।

शिक्षक कर्मचारीका माग बेवास्ता गरेर जवरजस्ती विद्यालय सञ्चालन गर्ने प्रयास गरे प्रतिकारमा उत्रिने नगर समितिका अध्यक्ष अधिकारीले बताए ।

असोज ४ गते शिक्षक कर्मचारीको नगर भेला आयोजना गरी नगर शिक्षा घेराउ गर्ने, गएको शैक्षिक वर्षकै तलव नदिने विद्यालय तथा सञ्चालकको भण्डाफोर गर्ने, सञ्चालनमा आएका विद्यालयमा तालाबन्दी गर्ने लगायत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।