धुलाबारीमा पाेलिटेक्निक इन्स्टिच्यूट सञ्चालनको तयारी



 

मेचीनगर– झापाको धुलाबारीमा मेचीनगर पाेलिटेक्निक इन्स्टिच्यूट सञ्चालन हुने भएको छ । मेचीनगर नगरपालिकाको व्यवस्थापनमा पाेलिटेक्निक इन्स्टिच्यूट सञ्चालनको तयारी भएको हो ।

धुलाबारी क्याम्पसको भवनमा पाेलिटेक्निक इन्स्टिच्यूट सञ्चालनको तयारी भएको मेचीनगर नगरपालिकाले जनाएको छ । कमजोर व्यवस्थापनका कारण संकटमा परेको क्याम्पसको भवनमा पाेलिटेक्निक इन्स्टिच्यूट सञ्चालन हुन लागेको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँगको साझेदारी कार्यक्रम अन्तर्गत पाेलिटेक्निक इन्स्टिच्यूट सञ्चालन हुने जनाइएको छ ।

उच्च तहमा प्राविधिक शिक्षाको आवश्यकता ठानेर पाेलिटेक्निक इन्स्टिच्यूट सञ्चालन गर्न लागिएको इन्स्टिच्युटका प्रमुख प्रशासक पुष्पराज पौडेलले जानकारी दिए ।