
भद्रपुर– संस्थागत विद्यालय शिक्षक युनियन र प्याब्सन बीच भएको बार्ता बिनानिष्कर्ष सकिएको छ । चार घण्टा लामो वार्ता बिना निष्कर्ष टुंगिएको हो ।
युनियनले विद्यालय सञ्चालनमा आउनुपर्व तीन महिनाको तलब भुक्तानीको एकसूत्रीय माग राखेको छ । त्यसमा प्याब्सनले असहमति जनाएपछि वार्ता बिना निष्कर्ष सकिएको हो ।
प्याब्सनका वरिष्ठ उपाध्यक्ष गाैरीमान फागोले तीन महिनाको तलव कुनै हालतमा दिन नसकिने बताए । युनियन भने जसरी पनि तीन महिनाको तलब लिएर छोड्ने अडानमा छ ।