कोरोना संक्रमणबाट भारतका केन्द्रीय रेल राज्यमन्त्रीको मृत्यु



 

झापा– कोरोना संक्रमणबाट भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको बुधवार मृत्यु भएको छ । ६५ वर्षीय मन्त्री अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएलगत्तै उनी दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् ।

अंगडी भाजपाका एक प्रतिबद्ध कार्यकर्ता थिए । उनले कर्नाटकमा पार्टीलाई मजबुत बनाउन कडा मिहेनत गरेका थिए । उनी एक समर्पित सांसद मात्र थिएनन् एक प्रभावशाली मन्त्री समेत थिए ।