पालुवा मिडियाको म्युजिक भिडियो सार्वजनिक



 

बिर्तामोड–पालुवा मिडिया प्रालिद्धारा निर्मित म्युजिक भिडियो शुक्रबार पालुवा मिडियाको आधिकारिक युट्युव च्यानलबाट रिलिज भएको छ । भिडियोमा पदमबहादुर रिकिमी मगर, सृजना वानेम र रयानि खालिङ राई लगायतका कलाकारको अभिनय रहेको छ ।

गोपाल प्रसाईको शब्द, सङ्गीत तथा स्वर रहेको गीतमा मोहित मुनालले सङ्गीत संयोजन गरेका छन् । गीतको भिडियो छायाङ्कन तथा सम्पादन शेखर खालिङ, निर्माण सुनिता तामाङ र निर्देशन श्यामबहादुर राईले गरेका हुन् ।

नेपाली समाजमा विवाह, संस्थाको महत्व र वर्तमान समयका समस्यालाई भिडियोको मुल बिषय वस्तुको रुपमा प्रस्तुत गरिएको छ ।