बिर्तामोडमा गोल्डस्टार जुत्ताको सोरुम, ८० भन्दाबढी डिजाइनका जुत्ता



 

बिर्तामोड– झापाको बिर्तामोडमा प्रयोगकर्ताको उत्कृष्ट रोजाइमा पर्दै आएको ‘गोल्डस्टार जुत्ता’ को शोरुम स्थापना भएको छ । होटल व्यवसायको क्षेत्रमा २८ वर्ष बिताएका व्यवसायी रविन कार्कीले गोल्डस्टारको सोरुम स्थापना गरेका हुन् ।

बिर्तामोडको दुर्गा मन्दिर पूर्व पहिलेको जीविका इन्टरप्राइजेजसँग जोडिएको घरमा सोरुम स्थापना भएको छ । आरके इन्टरप्राइजेजमार्फत कार्कीले गोल्डस्टार जुत्ताको व्यवसायिक कारोवारमा हात हालेका हुन् ।

आइतवारदेखि उनले व्यवसायिकरुपमा बिक्री सुरु गरेका छन् । उनले सुरु गरेको पाथिभरा होटल बिर्तामोडको पुरानो होटल थियो । त्यही ठाउँमा उनले जुत्ताको सोरुम सञ्चालनमा ल्याएका हुन् ।

‘होटल व्यवसायमा लामो समय बिताएँ’, सञ्चालक कार्कीले भने, ‘एउटै व्यवसायमा सधैँ रहिरहन पनि सकिएन । अहिले गोल्डस्टार कम्पनीका जुत्ताको सोरुम खोलेर नयाँ व्यवसायिक काममा हात हालेको हुँ ।’

सोरुममा ११ सयदेखि २५ सय रुपैयाँसम्मका गोल्डस्टारका विभिन्न किसिमका जुत्ता राखिएको छ । बिर्तामोडमा गोल्डस्टारको मात्र जुत्ता बेच्ने अर्काे पसल छैन ।

सोरुममा लेडिज जेन्स गरेर ८० भन्दाबढी डिजाइनका जुत्ता पाउन सकिने कार्कीले बताए । एउटै छानामुनी यति धेरै आइटमको जुत्ता अन्यत्र नपाइने भएकाले ग्राहकलाई थप सुविधा हुनेछ ।

इन्टरप्राइजेजमा ट्रेन्ड, स्पिरिट, क्लासिक, जी १० सिरिज, ब्याचमेट, फेमिनाइन लगायतका मोडलहरु अलग–अलग डिस्प्ले गरेर राखिएको छ । गोल्डस्टार सन् १९७० मा नुरप्रसाद राणाले स्थापना गरेको पुरानो नेपाली जुत्ता उत्पादक कम्पनी हो ।

स्वदेशमा भन्दा भारत, अष्ट्रेलिया, जापानमा यसको माग राम्रो भएकाले उत्पादनको ८० प्रतिशत निर्यात हुने गरेको कार्की बताउँछन् । सस्तो, टिकाउ र गुणस्तरीय हुने भएकाले बजारमा गोल्डस्टार जुत्ताको माग बढ्दो छ । नेपालमा उत्पादन भएको यो जुत्ता विश्व बजारमा पनि बिक्री हुँदै आएको छ ।