जबर्जस्ती खोलिंदै भद्रपुरका विद्यालय



 

भद्रपुर– सरकारी अनुमति बिना भद्रपुरका आधादर्जन बढी विद्यालय सञ्चालन भइरहेको खुलेको छ । सरकारले विद्यालय सञ्चालनमा रोक लगाए पनि कतिपयले जबरजस्ती खोलेका हुन् ।

विद्यालय कोरोना संक्रमणको जोखिम केन्द्र बन्ने भन्दै सरकारले चैत महिनायता सञ्चालनको अनुमति दिएको छैन । वैकल्पिक शिक्षणविधि छोडेर भद्रपुरमा केही विद्यालयहरु सञ्चालनमा आएका हुन् ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सरकारले तोकेको शिक्षण निर्देशिकाविपरीत तत्काल कुनै पनि विद्यालय सञ्चालन गर्न नपाइने बताए ।