भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख भन्दाबढी



 

बिर्तामोड– भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ६७ लाख नाघेको छ । ६७ लाख ५७ हजार १३१ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा ७२ हजार संक्रमित थपिएका हुन् ।  संक्रमितमध्ये ५७ लाख ४४ हजार ६ सय ९३ जना संक्रमणमुक्त भइसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाका कारण १ लाख ४ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ । भारतमा संक्रमितमध्ये १.५५ प्रतिशतको मात्रै मृत्यु भएको छ ।