भूमिका सुब्बाको ‘बनचरी’ बजारमा



 

झापा– गीतकार, कलाकार तथा सामाजिक अभियन्ता भूमिका सुब्बाको नयाँ गीत ‘बनचरी’ सार्वजनकि भएको छ । ओएसआर डिजिटल युट्युब च्यालनबाट बिहीबार गीत रिलिज गरिएको हो ।

गीतमा एउटी छोरीले जन्मदिने आमाप्रति दर्शाउने अगाध प्रेम र माइती गाउँका ‘नोस्टाल्जिया’ प्रस्तुत गरिएको गीतकार सुब्बाले बताइन् ।

उनका मालिङ्गो सैसै, भूमिका र सङ्गिनी गरी तीनओटा सोलो एल्बम रहेका छन् भने आधादर्जन भन्दाबढी संयुक्त गीति सङ्ग्रह बजारमा आएका छन् ।

बाल्यकालबाट कलाकारिता क्षेत्रमा लागेकी सुब्बा जनवादी गायिकाको रुपमा परिचित छिन् । पछिल्लो समय उनी गीत लेखनमा लागेकी हुन । त्यसैको निरन्तरता हो बनचरी ।

गायिका एलिना चौहानको स्वरमा सजिएको गीतमा कलाकार लक्ष्मी बर्देवाले अभिनय गरेकी छिन् । साजन राईको सङ्गीत रहेको यो भिडियो किरण चाम्लिङ राईले निर्देशन गरेका हुन् ।

बीजू कर्माचार्यले एरेन्ज गरेको यो गीत भूपेन्द्र तुम्बाहाङ्गफेले छायाङ्कन गरेका हुन् । भिडियोमा काठमाडौँ उपत्यका छेउछाउको ग्रामीण दृष्य समेटिएको छ ।