कोरोनाका बिरामी नल्याउन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुरोध



धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना संक्रमित बिरामी नल्याउन सार्वजनिक रूपमा अनुरोध गरेको छ । प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरेर कोरोना संक्रमित बिरामी नल्याउन अनुरोध गरेको हो ।

प्रतिष्ठानका अधिकांश बेड लक्षण सहितका संक्रमितले भरिएपछि प्रतिष्ठानले सार्वजनिक सूचनामार्फत सम्पर्क गरेर मात्रै बिरामी ल्याउन अनुरोध गरेको छ । प्रतिष्ठानले संक्रमित बिरामी ल्याउनु परे अस्पतालका काेअर्डिनेटर डाक्टर इन्द्र लिम्बुसँग सम्पर्क गर्न भनेको छ ।

आवश्यक समन्वय र सूचना नगरी कुनै पनि बिरामी अस्पतालमा आइपुगे आवश्यक पूर्वाधारको व्यवस्थापन गर्न समस्या पर्ने प्रतिष्ठानका निर्देशक प्राध्यापक डाक्टर गौरीशंकर साहले बताए । कोरोना संक्रमित बिरामी बढ्दै गएपछि अस्पतालले त्यसको चाप धान्न नसकेको हो ।