प्राधिकरणको हटलाइन सेवा बन्द



 

झापा– नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा आजदेखि केही दिनका लागि बन्द भएको छ । हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाइ कोरोना भाइरसको सक्रमण देखिएपछि प्राधिकरणको सेवा केही दिनका लागि बन्द भएको हो ।

विद्युत प्राधिकरणले सूचना जारी गर्दै कोरोनाका कारण कार्यालय सिल गर्नु परेकोले हटलाइन सेवा बन्द गर्नु पर्ने अवस्था आएको जनाएको छ । प्राधिकरणले यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमा पनि मागेको छ ।