प्राकृतिक कारणले मर्दैछन् गैडा



 

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा गैडा मर्ने क्रम बढेको छ । प्राकृतिक कारणले पनि गैडा मरिरहेका छन् भने तस्करले पनि गैडा मारेका छन् । पछिल्लो दुई महिनामाचोरी शिकारीबाट एउटा गैडा मारिएको छ ।

प्राकृतिक कारणबाट दुई महिनामा सात वटा गैँडा मरेका छन् । अघिल्लो आर्थिक वर्षमा पनि ४३ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए भने गत आर्थिक वर्षमा २६ गैडाको मृत्यु भएको थियो ।

प्राकृतिक कारणले गैडा मर्ने क्रम तीव्र भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस विषयमा अध्ययन सुरु गर्ने तयारी गरेको छ । निकुञ्जका सूचना अधिकारी अशोक रामले प्राकृतिक कारण गैडा मर्ने क्रम तीव्र हुँदै गएको बताए ।