कमल गाउँपालिकामा खुकुरी हानेर श्रीमतीको हत्या



 

दमक–झापाको कमल गाउँपालिका–२ त्रिवेणी चोकमा आज श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज दिउँसो स्थानीय रामजी थापाले २४ बर्षीया श्रीमती रीताको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाले खुकुरी हानेर थापाले श्रीमती मारेको जनाएको छ । रीताको घटनास्थलमै मृत्युु भएको थियो । अभियुक्त थापालाई प्रहरीले पक्राउ गरेको छ ।