साझामञ्चको अध्यक्षमा पुनः कार्की



 

बिर्तामोड– साझामञ्च मिडिया प्रालिको अध्यक्षमा एकराज कार्की पुनः सर्वसम्मत चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारणसभाले आगामी तीन वर्षे कार्यकालका लागि कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

 कार्की प्रदेश सभाका सदस्य हुन् । कम्पनीको उपाध्यक्षमा खड्गप्रसाद दाहाल र बोर्ड अफ डाइरेक्टरहरुमा नारायण पोखरेल, हरि शर्मा र कृष्णप्रसाद घिमिरे चुनिएका छन् ।

कम्पनीको कार्यकारी प्रमुखमा साझामञ्च डटकमका प्रधानसम्पादक गोपाल काफ्लेलाई जिम्मेवारी दिइएको छ । कम्पनीले साझामञ्च डटकम, साझा सहकारी मञ्च टेलिभिजन कार्यक्रम, साझामञ्च टपटेन न्यूज बुलेटिन प्रकाशन÷प्रसारण गर्दै आएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को आम्दानी र खर्चको विवरणलाई सर्व सम्मतिले स्वीकृत गर्दै चालू वर्षका लागि प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरेको छ ।