वायोग्याँस जडानमा बिर्तामोड नगरपालिका उत्कृष्ट



 

बिर्तामोड–  स्थानीय तहमा उर्जा संकट व्यवस्थापन गर्न्न बिर्तामोड नगरपालिकाले खेलेको भूमिका प्रभावकारी देखिएको छ । वायोग्यास जडानमा बिर्तामोड नगरपालिकाले प्रदेशमै उत्कृष्ट भूमिका निर्वाह गरेको हो ।

प्रदेश १ का अन्य स्थानीय तहको तुलनामा बिर्तामोड नगरपालिकाले नवीकरणीय ऊर्जाको क्षेत्रमा उल्लेख्य काम गरेको नेपाल वायोग्यास प्रवर्धन संघको प्रादेशिक कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयले बिर्तामोड नगरपालिकालाई उत्कृष्ट नगरका रुपमा समेत सम्मान गरेको छ । आज आयोजित कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले नगरप्रमुख ध्रुबकुमार सिवाकोटीलाई सम्मान गरेका हुन् ।

नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका तीन सय भन्दाबढी घरमा वायोग्यास जडान गरिसकेको छ ।