एक हजार शैयाको अस्पताल बनाउन माग



 

मोरङ- प्रतिपक्षी दल नेपाली कांग्रेसले नगरमा एक हजार शैयाको अस्पताल निर्माण गर्न माग गरेको छ । उसले १५ दिनभित्रमा अस्पताल निर्माण गर्न माग गरेको हो ।

एक महिनाअघि प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले विराटनगरमा एकहजार बेडकाे आइसाेलेसन बनाउने घोषणा गरेका थिए । प्रदेश सरकार आफ्नो घोषणाबाट पछि हटेको भन्दै कांग्रेसले तत्काल अस्पताल निर्माण गर्न माग गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संक्रमणको जोखिम बढिरहेका कारण तत्काल कोरोना अस्पताल निर्माण गर्नुपर्ने बताए । नागरिकले न्यूनतम उपचार सेवा प्राप्त गर्नुपर्ने कांग्रेसको जिकिर छ ।