वीपीको कोरोना अस्पतालमा अख्तियारद्वारा छानविन



 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना अस्पतालमा खरिद गरिएका सामग्रीबारे अख्तियारले छानबिन सुरु गरेको छ । सोमबार राति अख्तियारको टोली कोरोना अस्पताल पुगेको थियो ।

इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले अस्पतालमा खरिद गरिएका सामग्रीबारे चासो राख्दै छानबिन अघि बढाएको हो । अस्पतालमा खरिद गरिएका सामग्री कमसल भएको जनाइएको छ ।

प्रतिष्ठानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरीले कमसल औषधि र उपकरण खरिद गरी आर्थिक अनियमितता गरेको उजुरी परेपछि अख्तियारको टोलीले छानबिनका लागि अग्रसरता देखाएको छ ।

प्रतिष्ठानले कोरोना अस्पतालका लागि खरिद गरेका दशवटा भेन्टिलेटरमध्ये छवटा बिग्रिसकेका छन् । यसले बिरामीको उपचारमा समस्या भएको छ । उपचार सेवामा लापरवाही भएपछि अख्तियारमा उजुरी परेको हो ।