धरानमा कोरोना संक्रमित थप चार जनाको मृत्यु



 

झापा– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। समुदाय तहमा संक्रमण फैलिँदै गएपछि मृत्यु हुनेको संख्या पनि थपिँदै गएको हो ।

मृत्यु हुनेमा सुनसरीकी ४४ वर्षीया महिला, ५८ वर्षीय पुरुष, इटहरीका ७५ वर्षीया महिला र तेह्रथुमका ३१ वर्षीय पुरुषको रहेको अस्पतालका सह प्रवक्त डाक्टरआशिष श्रेष्ठले जानकारी दिए।

अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका उनीहरुमध्ये तीन जना उच्च रक्तचाप र मधुमेहका विरामी रहेको जनाइएको छ । एक जनामा मिर्गाैलाको पनि समस्या थियो ।