प्रहरी दिवसमा सम्मान र रक्तदान



 

झापा– जिल्ला प्रहरी कार्यालय झापाले आज ६५ औं प्रहरी दिवस मनाएको छ । विभिन्न कार्यक्रमको आयोजना गरी प्रहरी दिवस मनाइएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको प्रमुख आतिथ्य र झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा प्रहरी दिवस समारोह भएको छ ।

दिवसको अवसरमा प्रहरीले अमर प्रहरीका परिवारका सदस्यलाई सम्मान गर्नुका साथै प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट प्राप्त बहालवाला तथा पूर्व प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गरेको छ ।

दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरीहरु पनि पुरस्कृत भएका छन् । प्रहरीका बिभिन्न एकाइलाई निःशुल्क जग्गा प्रदान गर्ने दातालाई पनि सम्मान गरिएको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले बताए ।

प्रहरी दिवसको अवसरमा आयोजित रक्तदानमा ३२ जना प्रहरी अधिकृत एवम् जवानले रगत दिएका छन् । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।