पूर्व राजाद्वारा दशैंको टीका नलगाइदिने घोषणा



 

झापा– कोरोना भाइरसको बढ्दो जोखिमका कारण यसपाली पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने घोषणा गरेका छन् । पूर्वराजा शाहलेेेेेे औपचारिकरुपमै आज दशैंको टीका नलगाइदिने घोषणा गरेका हुन् ।

पूर्वराजाका सहयोगी फणिराज पाठकले यसवर्ष कोरोना भाइरसको संक्रमणका कारण पूर्वराजा ज्ञानेन्द्रले शालीन र सादगी रुपमा दशैँ मनाउने निर्णय गरेको बताए ।

पूर्वराजाले महाअष्टमीका दिन विभिन्न शक्तिपीठहरुमा दर्शन गर्ने कार्यक्रम पनि स्थगित भएको छ । कोरोनाको असहजताको स्थितिमा आस्था, मान्यता, मर्यादा र कर्तव्यशिलतालाई कायम राख्दै दशैं मनाउने पूर्वराजाको योजना छ ।