अपार्टमेन्टमा छापा मारेर २३ किलो सुन बरामद



 

वीरगञ्ज– प्रहरीलेे वीरगन्जको एउटा व्यवसायिक प्रतिष्ठानमा छापा मारेर २३ किलो भन्दाबढी सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका-५ मा रहेको गणेश अपार्टमेन्टमा प्रहरीलेे छापा मारेकाे हाे ।

पर्साकी प्रहरी प्रमुख गंगा पन्तले २३ किलो भन्दाबढी सुन बरामद भएको जानकारी दिइन् । दुई दिन अघिदेखि प्रहरीले त्यहाँ निगरानी बढाएको थियो । सुनका मालिक आउने सूचनाका आधारमा रातभर बसेको प्रहरीले छापा मारेर सुन बरामद गरेको हो ।