सञ्जीवनीका सदस्यलाई सात प्रतिशत लाभांश



 

बिर्तामोड– सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यलाई सात प्रतिशत शेयर लाभांश दिने भएको छ । संस्थाको आज सम्पन्न १३ औँ साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले तीन प्रतिशत संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । सहकारीले कात्तिक १५ देखि लागू हुने गरी अधिकतम् ब्याजदर १४ दशमलव ७५ प्रतिशत निर्धारण गरेको अध्यक्ष याम चुडालले बताए ।

झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यतामा साधारण सभा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले सहकारी क्षेत्रलाई थप व्यवसायिक बनाउँदै उत्पादनमुखी कार्यमा लगानी बढाउनु पर्ने बताए ।

संस्थाका सचिव मेघराज बाँस्तोलाले सञ्चालन गरेको साधारणसभामा उपाध्यक्ष दिनेशकुमार सुवेदीले स्वागत गरेका थिए ।