थपिए ३१६७ जना कोरोना संक्रमित



 

बिर्तामोड– नेपालमा ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजित नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो ।

नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ। मन्त्रालयका अनुसार शनिबार १८०० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय २७ पुगेको छ।