डंगोल र लामाको नयाँ गीत ‘याद’ सार्वजनिक



 

झापा– गीतकार गौतम डंगोल सन्देश र गायक तथा संगीतकार हेम लामाको नयाँ गीत ‘याद’ सार्वजनिक भएको छ । ‘कहिले काहिँ उसलाई पनि मेरो याद आउँदो हो’ बोलको उक्त गीत मंगलवार संगीतकार लामाको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो ।

चर्चामा नआए पनि गीतकार गौतम डंगोल ‘सन्देश’ तथा गायक तथा संगीतकार हेम लामा नेपाली संगीत आकाशमा विल्कुलै नयाँ नामहरू भने होइनन् ।

यो गीतलाई मोर्डन पप संगीतको क्याटेगोरीमा राख्न सकिन्छ । पेशाका हिसाबले गीतकार सन्देश तथा गायक तथा संगीतकार लामा दुवै बैंकर हुन् ।

यसअघि लामाले स्वर दिएका एक दर्जन बढी, संगीत संयोजन गरेका २० भन्दाबढी तथा वाद्य संयोजन गरेका ३० भन्दा बढी गीत अडियो तथा भिडियोमार्फत सार्वजनिक भइसकेका छन् ।

लामा गायनका अलावा सङ्गीत श्रृजना, वाद्य संयोजन तथा रेकर्डिङ मिक्सिङमा पनि दक्खल राख्छन् । उनी विशेषत नयाँ तथा फरक शैलीका संगीत श्रृजनामा अभिरूचि राख्छन् ।

मुख्य पेशाका अलावा फुर्सदको क्षणलाई लेखनमा खर्चिएका गीतकार डङ्गोलका अनलाइन तथा छापा मिडियामा १०० भन्दा अधिक लेख रचना प्रकाशित छन् ।

नेवारी र नेपालीमा कलम चलाउने सन्देश आफ्नो लेखन शैलीलाई ल्याभिस राइटिङ्गको संज्ञा दिन्छन् भने आफुले लेखेका गीतहरू कम्पोज्ड, अरेन्ज्ड, भोकल्ड, भिजुयलाइज्ड भएर आउँदा निर्जिव शब्दहरूमा जीवन भरिएको आभास गर्छन् ।

हालसम्म उनका गीतहरूमा भीषण निरौला, शक्ति बल्लभ, सचिन सिंह, फनिन्द्र राई, मनोहर सुनाम, हेम लामा, झुमा निरौला, गोबिन्द गुरूङ्ग, रीमा गुरूङ्ग, डेनी निरौला, भुगोल दहाल, जेम्स प्रधान, सुमित आर्य, किरण थापा, प्रदिप श्रेष्ठ, मनोहर सुनाम, किरण कँडेल, अनिल शाही, अस्मिता परियार, स्वरूपराज आचार्य, राजकुमार बगर, भुपेन्द्र बज्राचार्य, मनराजा नकर्मी लगायतले कम्पोज, अरेन्ज तथा स्वर भरिसकेका छन् ।