‘उड्यो रे मेरो मन’ को म्युजिक भिडियो सार्वजनिक



 

झापा–युवा पुस्ताले रुचाएको नेपालका चर्चित गायक निराजन कँडेलको स्वरमा सजिएको ‘उड्यो रे मेरो मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक कँडेलको अफिसियल युट्युब च्यानलबाट आज भिडियो रिलिज भएको हो ।

कँडेल नेपाली सांगीतिक क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बनाउन सफल गायक हुन् । उनका पछिल्ला चर्चित गीतहरु दिलमाया, बिस्तारै बिस्तारै’ लाखौ नेपाली दर्शक श्रोताले मनपराइ सकेका छन् ।

‘उड्यो रे मेरो मन बोलको’ गीतमा निराजनलाई गायिका प्रविसा अधिकारीले साथ दिएकी छन् । प्रमोद कोइरालाको शब्द र संगीत रहेको गीतमा सागर थापा र रोशनी कार्कीको अभिनय छ ।

म्युजिक भिडियोको छायाङकन र निर्देशन अनिल के मानन्धरले गरेका हुन् । म्युजिक भिडियोमा कालिञ्चोकको सुन्दर दृश्य छ ।