बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन स्थगित



 

बिर्तामोड– बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा र निर्वाचन स्थगित भएको छ । कार्य समितिको बिहीवारको बैठकले साधारणसभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा कार्यक्रम स्थगित गरिएको अध्यक्ष कुमार भट्टराईले बताए ।

प्रशासनले कात्तिक २८ गते भीडभाड हुने कार्यक्रम स्थगित गर्न अनुरोध गरेको थियो । यसअघि संघले मङ्सिर ७ गते साधारणसभा र पुस ७ गते निर्वाचन कार्यक्रम तय गरेको थियो ।