
झापा- कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सरकारले लुकाएको छ। स्वास्थ्य मन्त्रालय र नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कमा धेरै ठूलो फरक देखिएको हो ।
शुक्रबार बिहानसम्म स्वास्थ्य मन्त्रालयले १२७६ जनाको मृत्यु भएको तथ्याङ्क अद्यावधिक गरेको थियो । तर, नेपाली सेनाले भने २१७९ जना मृतकको शव व्यवस्थापन भइसकेको जनाएको छ ।
दुई सरकारी निकायको अलग-अलग तथ्याङ्कका कारण सर्वसाधारणमा भ्रम सृजना भएको छ । सेना र स्वास्थ्यको अलग-अलग तथ्याङ्क आएपछि कोरोना १९ संकट व्यवस्थापन केन्द्रले चासो देखाएको थियो ।
अलग-अलग तथ्याङ्कका विषयमा सरकारले कार्यदल गठन गरे पनि त्यसको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कार्यदलको प्रतिवेदन पूर्णरुपमा तयार भइनसकेको जनाएका छन् ।