कोरोना संक्रमणले झापामा ९९ जनाको मृत्यु, एकैदिन थपिए १११ संक्रमित



 

बिर्तामोड– झापामा कोरोना भाइरसको संक्रमणका कारण मंगलवार साँझसम्ममा ९९ जनाको मृत्यु भएको छ । समुदाय तहमा संक्रमण फैलिँदै गएपछि झापामा ज्यान गुमाउनको संख्या दैनिक थपिँदै गएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले संक्रमण तीव्र रुपमा फैलिएकाले मानवीय क्षतिका घटना पनि बढेको जनाएको छ । कार्यालयका फोकल पर्सन जीवन चौलागाईका अनुसार झापामा संक्रमितको संख्या ३४७२ पुगेको छ ।

मंगलवार एकैदिन १११ जना संक्रमित थपिएका छन् । थप ५१ महिला र ६० पुरुषमा संक्रमण पुष्टि भएको फोकल पर्सन चौलागाईले जानकारी दिए । पछिल्लो २४ घण्टामा झापामा संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ ।

झापाका १५ वटै स्थानीय तह संक्रमणबाट प्रभावित छन् । अहिलेसम्म करिव ३३ हजार जनाको पीसीआर परीक्षण गरिएको छ । झापामा दुई वटा प्रयोगशालामा परीक्षण हुन्छ ।