झापामा कोरोना संक्रमितको संख्या चार हजार नाघ्यो, संक्रिय संक्रमित एक हजार भन्दाबढी



 

बिर्तामोड–झापामा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालयले संक्रमितको संख्या बढ्दो क्रममा रहेको जनाएको हो ।

झापामा संक्रमण सुरु भएयता ३३ हजार ८ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ४ हजार १ सय ९ जनाका कोरोना भाइरसको संक्रमण देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौलागाईले झापामा संक्रमितमध्ये २ हजार ८ सय ७२ जना डिस्चार्ज भएर घर फर्किएको बताए ।

झापामा कोरोनाका संक्रिय संक्रमितको संख्या एक जहार भन्दा बढी छ । आइतवारसम्म १ हजार १ सय २१ जना संक्रमित आइसोलेसनमा छन् ।

संक्रमितको संख्या बढ्दै जाँदा झापामा मानवीय क्षतिका घटना पनि बढेका छन् । समुदाय तहमा संक्रमण देखिएकाले मृत्यु हुनेको संख्या बढ्दै गएको हो । झापामा हालसम्म ११६ जनाको मृत्यु भएको छ ।