कोरोना संक्रमणले झापामा अहिलेसम्म १२८ जनाको मृत्यु



 

बिर्तामोड– झापामा कोरोना संक्रमणका कारण आइतवार साँझसम्म १२८ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले संक्रमितको संख्या बढ्दै जाँदा मृतकको संख्या पनि थपिने क्रममा रहेको जनाएको हो ।

स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईले झापामा चार हजार चार सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको बताए । तीमध्ये तीन हजार नौ सय ६२ जना डिस्चार्ज भएका छन् ।

झापामा सक्रिय संक्रमितको संख्या छ सय हाराहारीमा छ । अहिलेसम्म झापामा ३४ हजार नौ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।