
नेपाली संगीत जगतमा दुई दाजु भाई एउटा बिल्कुलै नयाँ गीत लिएर युट्युबमार्फत् बजारमा आएका छन् । शब्द रचनातर्फ भने गीतकार गौतम डंगोल सन्देशले साथ दिएका छन् ।
गत शुक्रबार एभरेष्ट ग्यालरीको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको ूआँखा जुधाईू बोलको गीतमा स्वर डेनी निरौला र संगीत भिषण निरौलाको छ । निरौलाद्वय पुराना गायक तथा संगीतकार कोमल निरौलाका छोरा हुन् ।
यसअघि नेपाली संगीत जगतमा अब्बल संगीतकारका रूपमा दर्ज भइसकेका डेनी यो गीतमार्फत गायक भएर उदाएका छन् । पेशागत सहकर्मीद्वय भिषण र गौतमले भने आफ्नो सांगीतिक सहकार्यको निरन्तरताको अर्को खुड्किलोको रूपमा यो गीत बजारमा लिएर आएका छन् ।
दुई बैंकर निरौला र डंगोलबीच एउटै संस्थामा काम गर्दाका बखत भएको भेटघाट र सामिप्यता अनि साहित्य संगीत प्रतिको दुवैको रुचिले गीत तयार भएको हो ।
आफ्नै दाई स्थापित संगीतकार भएको कारण भिषण आफ्ना हरेक सिर्जना दाईलाई सुनाएर निखारताका लागि सुझाव लिने गर्छन् । यही क्रममा आँखा जुधाईको शब्द र संगीत अत्यन्तै मन पराएर डेनीले यो गीत आफैँ गाउने निर्णय गरे । फलस्वरूप यो गीत आज संगीत बजारमा आएको छ ।