साहित्य चौतारीको अध्यक्षमा हस्त परियार



 

बिर्तामोड– साहित्य चौतारी झापाको अध्यक्षमा हस्त परियार चयन भएका छन् । संस्थाको २२औं साधारणसभाले परियारको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्ष कृष्ण सुवेदी निराकार (साहित्य), दीपक रायमाझी (संगीत), विमला चिमरिया (कला), सचिव खगिन्द्रा खुशी, सहसचिव देवीचरण भण्डारी र कोषाध्यक्षमा भवानीप्रसाद गौतम छानिएका छन् ।

सदस्यहरुमा कमला नेम्वाङ, सुनिता तामाङ, युवराज पोर्तेल, जीवन धिताल, टीका भट्टराई, तुलसीप्रसाद भट्टराई, रीता उप्रेती, केपी घिमिरे र चित्रा पौडेल रहेका छन् ।

साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष शिवशंकर थापा संयोजक र कृष्णप्रसाद पौडेल, अनिरुद्र ओली, राजेन्द्रप्रसाद संग्रौला र भवानी क्षेत्री सदस्य रहेको निर्वाचन समितिले निर्वाचन गरेको हो ।

अध्यक्ष टंक विकल्पको अध्यक्षता र संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संगीततर्फको उपाध्यक्ष कृष्ण योञ्जनले स्वागत गरेका थिए । कार्यक्रममा निर्वाचन समितिका संयोजक थापाले नवनिर्वाचित पदाधिकारीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा विकल्पले अध्यक्षको प्रतिवेदन, गौतमले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाको गतिविधि र भावी कार्ययोजना बारे साहित्य चौतारी बिर्तामोड झापाका संस्थापक तथा संरक्षक श्रेष्ठले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन साहित्य चौतारी बिर्तामोड झापाका सचिव दिलीप घिमिरेले गरेका थिए ।