प्रदेश उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा टीकाराज ढकाल निर्विरोध निर्वाचित



 

बिर्तामोड– नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ को अध्यक्षमा झापाका व्यवसायी टीकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । झाापाको बिर्तामोडमा आज भएको अधिवेशनले ढकालको नेतृत्वमा सङ्घको प्रादेशिक समिति चयन गरेको हो ।

भद्रपुरका पुराना तथा अग्रज उद्योगी ढकाल झापा उद्योग संघका वर्तमान अध्यक्ष हुन् । उनी यसअघि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का सल्लाहकार थिए ।

 इमान्दार, मिलनसार र शालीन व्यक्तित्व भएका ढकालको चयनले प्रदेश महासंघले आगामी दिनमा नयाँ गति लिने अपेक्षा उद्योग वाणिज्य क्षेत्रमा गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को एशोसिएट उपाध्यक्षमा राजेन्द्र राउत, जिल्ला÷नगर उपाध्यक्षमा भीमबहादुर पौडेल, कोषाध्यक्षमा रमेशकुमार राठी निर्वाचित भएका छन् ।

एशोसिएट सदस्यमा सुवास आचार्य, राजन श्रेष्ठ र बस्तुगत सदस्यमा रवीन दाहाल, श्रवणकुमार अग्रवाल निर्वाचित भएका छन् । जिल्ला÷नगर सदस्यहरुमा बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराई, प्रितम खड्गी, वीरेन्द्र साह, युवराज शाक्य र भूपालराज कटुवाल निर्वाचित भएका छन् ।