नेकपाका नेता ज्ञानुराम प्रसाईलाई मातृशोक



बिर्तामोड–नेपाल कम्यूनिष्ट पार्टी नेकपाका बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईलाई मातृशोक परेको छ । प्रसाईकी ममतामयी आमा गंगा प्रसाईको गएराति साढे १० बजे निधन भएको हो ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईकी सासूआमा प्रसाईको ८३ बर्षको उमेरमा अर्जुनधारा–९ बाह्रघरेमा निधन भएको हो । प्रसाईको आज विहान १० बजे कनकाई माईमा दाह संस्कार गरिने परिवारजनले जनाएका छन् ।

प्रसाईको निधनप्रति धेरै महानुभावले दुःख प्रकट गरेका छन् । विवेचना प्रकाशन समूह पनि ममतामयी आमाको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।