चुनाव जितेर देखाउन प्रचण्ड माधव समूहलाई बस्नेतको चुनौति



 

धुलावारी– नेकपा ओली समूहका नेता महेश बस्नेतले निर्वाचनमा जितेर देखाउन प्रचण्ड माधव समूहलाई चुनौति दिएका छन् । झापाको धुलावारीमा आयोजित भेलालाई सम्वोधन गर्दै नेता बस्नेतले केपी ओलीको जस्तो जनताको मन जितेर देखाउन चुनौति दिएका हुन् ।

दरवारमा राजालाई दाम चढाएर प्रधानमन्त्री बन्न खोज्नेहरुबाट धेरै आशा गर्न नसकिने भन्दै नेता बस्नेतले आफ्ना कार्यकर्तालाई कसैले निषेध गर्न खोजे ठेगान लगाएर देखाइदिने चेतावनी दिए ।

नेता वस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेता भन्दा धेरैलाई ‘डिप्रेसन’ हुन लागेको भन्दै कटाक्ष गरे ।