‘प्रचण्ड र माधव नेपाललाई सूर्य चिन्हबाट टिकट दिन सकिन्छ’



बिर्तामोड– उपप्रधानमन्त्री ईश्वर पोखरेलले आत्मआलोचना गरेर आए प्रचण्ड र माधव नेपाललाई सूर्य चिन्हबाट टिकट दिन सकिने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित अगुवा कार्यकर्ता भेलामा नेकपा नेता पोखरेलले यस्तो धारणा राखेका हुन् ।

नेता पोखरेलले सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाले पाउने दावी गर्दै भने, ‘गल्ती स्वीकार गरेर आए माधव नेपाल र प्रचण्डले पनि सूर्य चिन्हबाट टिकट पाउनु हुन्छ । त्यो सम्भावना अझै जीवित छ ।’

प्रचण्डसँग मिलेर राजनीतिक रुपमा केपी ओलीलाई सिध्याउने दाउपेचमा माधव नेपाल लागेका कारण संसद विघटनको बाध्यकारी अवस्था सिर्जना भएको नेता पोखरेलले बताए ।

भेलामा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोप पत्र फिर्ता गरी बैशाख १७ र २७ को निर्वाचनलाई स्वीकार गरेर आएमा एकता हुन सक्ने धारणा राखे ।