स्वस्तिकाले सम्हालिन् बीरता लेडी जेसीजको नेतृत्व



 

बिर्तामोड- वीरता लेडी जेसीजकी नवनिर्वाचित अध्यक्ष स्वस्तिका आचार्यले आजदेखि नेतृत्व सम्हालेकी छन् । विर्तामोडमा आयोजित विशेष समारोहका बीच अध्यक्ष आचार्यले नेतृत्व सम्हालेकी हुन् ।

आचार्यलाई वीरता लेडी जेसीजमा आबद्ध भएको दश वर्षपछि नेतृत्व सम्हाल्ने अवसर जुरेको हो । सन् २०२० की अध्यक्ष सुष्मा भण्डारीले आफ्नो गलामा लगाएको जेसीज चेन पहिर्याउँदै नवनिर्वाचित अध्यक्ष आचार्यलाई जिम्मेवारी हस्तान्तरण गरिन् ।

पद हस्तान्तरण समारोहमा बोल्दै अध्यक्ष भण्डारीले कोरोना भाइरसको संक्रमण र यसबाट उत्पन्न परिस्थितिका बीच पनि आफ्नो कार्यकाल सफल भएको बताइन् । पूर्वनिर्धारित कतिपय कार्यक्रम गर्न नसकिएको बताउँदै अध्यक्ष भण्डारीले सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीको प्रमुख आतिथ्यमा वीरता लेडी जेसीजले पद हस्तान्तरण समारोह आयोजना गरेको हो ।

पद हस्तान्तरण समारोहमा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल लगायत पूर्वअध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव संगिता गिरीले गरेकी थिइन् ।