विवेचनाका सम्पादक न्याैपाने पुरस्कृत



 

बिर्तामोड- विवेचनाका सम्पादक एवम् एपिवान टेलिभिजनका ब्युरो प्रमुख सुब्रत न्यौपाने पुरस्कृत भएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले चौथो बार्षिक साधारणसभाको अवसर पारेर पत्रकार न्यौपानेलाई नगद ११ हजारसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

पत्रकार न्यौपाने दुई दशकदेखि अविच्छिन्न रुपमा पत्रकारितामा सक्रिय छन् । संघले पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलालाई पनि नगद एघार हजार राशीको पुरस्कार प्रदान गरेको छ । पत्रकार न्याैपाने र निरौलालाई नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले दोसल्ला ओडाएर सम्मान गरे ।

बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले पत्रकारद्वयलाई प्रशंसा पत्र प्रदान गरेका थिए । सङ्घका अध्यक्ष कुमार भट्टराईका अनुसार पत्रकारिता क्षेत्रमार्फत समाज रूपान्तरणमा पुर्याएको योगदानको कदर स्वरूप पत्रकार न्यौपाने र निरौलालाई पुरस्कृत गरिएको हाे ।

तस्वीरहरु: बिनाेद पाण्डे र विजय बराल ।