ज्यान मुद्दाका फरार अभियुक्त छ वर्षपछि पक्राउ



 

झापा– प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्तलाई छ वर्षपछि पक्राउ गरेको छ । झापाको दमक–४ घर भएका ३७ वर्षीय प्रेम वाग्ले आज घरैबाट पक्राउ परेका हुन् ।

झापा जिल्ला अदालतले उनलाई २०७१ बैशाखमा छ वर्षको कैद सजाय तोकेको थियो । घटनापछि वाग्ले फरार भएका थिए । लुकिछिपी बसेको आशंकामा प्रहरीले उनलाई खोजिरहेको थियो ।

खोज तलासका क्रममा वाग्लेलाई इलाका प्रहरी कार्यालय दमकले आज घरैबाट पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए । उनलाई प्रहरीले भोलि अदालतमा पेश गर्नेछ ।