बाह्रदशी चोकमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु



 

राजगढ– झापाको बाह्दशी चोकमा आज साँझ एउटा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।

उत्तरबाट दक्षिण आउँदै गरेको मे ७ प ७९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक कचनकवल गाउँपालिका–१ का ३२ वर्षीय नन्दलाल राजवंशीले ज्यान गुमाएका हुन् ।

मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २५ वर्षीय कोकिल राजवंशी घाइते भएका छन् । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको झापा प्रहरीका प्रवक्ता डीएसपी राकेश थापाले बताए ।

दुर्घटनापछि प्रहरी चौकी राजगढको टोलीले दुबै जनालाई उपचारका लागि स्थानीय क्लिनिकमा लगेको थियो । त्यहाँ पुग्नासाथ चालक नन्दलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।