जन्मदिनमा नारी सञ्चार गृहलाई बस्नेत दम्पत्तिको सहयोग



 

विर्तामोड– नारी सञ्चार गृहको ‘नारी सञ्चार प्रोत्साहन अक्षय कोष’ का लागि विर्तामोड–१ निवासी सामाजिक व्यक्तित्व देविका बस्नेत र नरेन्द्र बस्नेतले २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

जन्मदिनको अवसर पारेर बस्नेत दम्पत्तीले आफ्नै निवासमा नारी सञ्चार गृहको टोलीलाई रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम बुझ्न नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, अक्षय कोषका संयोजक रेजिना गौतम र कोषाध्यक्ष ज्योस्ना श्रेष्ठ बस्नेत निवास पुगेका थिए ।

नारी सञ्चार गृहले स्थापना गरेको अक्षयकोषको लक्ष्य, उद्देश्य र उपलब्धिबारे अवगत गराउँदै अध्यक्ष शिवाकोटीले सहयोगी मनहरुलाई धन्यवाद दिइन् ।