संसद विघटनविरुद्ध वडा वडामा काङ्ग्रेसको विरोध



 

बिर्तामोड– संसद विघटनविरुद्ध हिजो नेपाली काङ्ग्रेसले वडा वडामा विरोध प्रदर्शन गरेको छ । सरकारले संविधान विरोधी निर्णय गरेको भन्दै काङ्ग्रेसले देशव्यापी रुपमा तल्लो तहसम्म विरोध अभियान थालेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको आन्तरिक विवाद र किचलो सामना गर्न नसकेपछि आवेगमा संसद विघटन गरेको काङ्ग्रेसको निष्कर्ष छ । उसले यसलाई प्रतिगमन भन्दै आएको छ ।

नेपाली काङ्ग्रेस केन्द्रीय समितिको पुस १९ को निर्देशन र नेपाली काग्रेस झापाको पुस २१ गतेको निर्णय बमोजिम झापाका १५ वटा पालिकाका एकसय ३१ वटै वडामा वडास्तरीय विरोध प्रदर्शन सम्पन्न भएको छ ।