बिर्तामोडमा खुल्यो उज्यालो चिन्तन चौतारी रिसोर्ट



 

बिर्तामोड– बिर्तामोडमा एउटा आकर्षक रिसोर्ट खुलेको छ । बिर्तामोड–९ मा उज्यालो चिन्तन चौतारी नामको रिसोर्ट खुलेको हो । बिर्तामोडको मुक्ति चोकदेखि साढे पाँच किलोमिटर दक्षिण हल्दीबारी जाने कालोपत्रे सडकसँग रिसोर्ट जोडिएको छ ।

युवा व्यवसायी प्रकाश बुढाथोकीले १० कठ्ठा जग्गामा करिव ४ करोडको लगानीमा रिसोर्ट खोलेका हुन् । ‘आफ्नै क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्ने र पर्यटन प्रवद्र्धनमा सघाउने मेरो व्यवसायिक लक्ष्य हो’, बुढाथोकीले भने ।

रिसोर्टमा आज साँझ ५ बजे लाइभ कन्सर्ट हुँदैछ । चर्चित गायिका आस्था राउतलाई ल्याएर रिसोर्टले लाइभ कन्सर्ट गर्न लागेको हो । गायिका आस्था राउत, लिजर्ड व्याण्ड, कलाकार सुवास मेचेलगायतको उपस्थितिमा कन्सर्ट हुने रिसोर्टका सञ्चालक बुढाथोकीले बताए ।

रिसोर्टमा एटेज डिलक्स रुम, बालबालिका र ठूलाका लागि भिन्नाभिन्नै स्वीमिङ पूल, पार्टी प्यालेस, फनपार्क , रेष्टुरेन्टलगायतका सुविधा छन् । साताको एकदिन गीत–संगीतमार्फत मनोरञ्जन दिने उद्धेश्य राखिएको सञ्चालिका बिन्दा बुढाथोकीले बताइन् ।

‘शान्त वातावरणमा रमाउन चाहने आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी रिसोर्ट खोलिएको हो’, उनले भनिन् । नेपाली, थकाली, चाइनिज, इन्डियन खानाको व्यवस्था छ । रिसोर्टमा हाँस, कुखुरा, बट्टाइ र माछाका परिकार पनि उपलब्ध हुने उनले जानकारी दिइन् ।