सञ्चारकर्मी कल्पितलाई कोरोना बीमाको रकम हस्तान्तरण



बिर्तामोड– हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनीले सञ्चारकर्मी माधव खतिवडा ‘कल्पित’लाई कोरोना विमा वापतको रकम उपलब्ध गराएको छ । कम्पनीका बिर्तामोड शाखा प्रमुख सुशील थापाले कोरोना विमा वापतको एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि पत्रकारहरु भूपाल लुइँटेल र रमेश तिवारीले कोरोना विमा वापतको रकम प्राप्त गरेका थिए । कोरोना संक्रमित ११ जना सञ्चारकर्मीमध्ये आठ जनाको बीमा रकम भुक्तानी हुन बाँकी छ ।