पत्रकार पाण्डेलाई मदन ढकाल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार



 

बिर्तामोड– पत्रकार बिनोद पाण्डेलाई मदन ढकाल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बीरता जेसीजले पाण्डेलाई शुक्रवार उक्त पुरस्कार प्रदान गरेको हो ।

वीरता जेसीजको ४० औं पद हस्तान्तण समारोहमा आम सञ्चार डटकमका समाचार प्रमुख पाण्डेलाई उक्त पुरस्कार दिइएको थियो । पुरस्कारका संस्थापक सावित्रा ढकाल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, वीरता जेसीज सन् २०२० का अध्यक्ष मिजाश पोखरेलले पत्रकार पाण्डेलाई नगद १५ हजार र सम्मान पत्र प्रदान गरेका थिए ।

वीरता जेसीजका मानार्थ सदस्य बसन्त रिमालले आमाको स्मृतिमा स्थापना गरेको ‘दमयन्ता रिमाल स्मृति उत्कृष्ट जेसीज सम्मान’ पत्रकार तुलसीप्रसाद निरौला र जेसी कुशल खतिवडालाई प्रदान गरिएको छ । उनीहरुलाई जनही पाँच हजार एक सय रुपैयाँ दरले पुरस्कृत गरिएको हो ।

वीरता जेसीजका पूर्व अध्यक्ष सजेश शिवाकोटीलाई १५ हजार राशिको दिलकुमार शर्मा स्मृति वीरता जेसीज सक्रिय पूर्व अध्यक्ष पुरस्कार प्रदान गरिएको छ।