झापा नाटक घरलाई शिखरको सहयोग



 

बिर्तामोड– निर्माणाधीन झापा नाटक घरका लागि दाताले धमाधम सहयोग गरिरहेका छन् । शनिवार शिखर बचत तथा ऋण सहकारी संस्थाले नाटक घरका लागि ५१ हजार सहयोग गरेको छ ।

सहयोग रकम संस्थाका अध्यक्ष दीपेन्द्र राउतले झापा नाटक घरका निर्माण संयोजन समितिका संयोजक ज्ञानुराम प्रसाई र सह संयोजक कुमार भट्टराईलाई हस्तान्तरण गरे ।

सामाजिक अभियन्ता नारायण पोखरेलले पनि नाटक घरलाई ५१ हजार सहयोग गरेको झापा नाटक घर निर्माण समितिका सचिव माधव कल्पितले जानकारी दिए ।

क्षितिज नाट्य समूहले इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यलाई सोही अवसरमा स्वागत पनि गरेको छ । आचार्य हालै मात्र बिर्तामोडको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन् ।