नेपाल लाइफ इन्स्योरेन्सको प्रदेशस्तरीय सीप तथा क्षमता विकास कार्यक्रम सम्पन्न



बिर्तामोड– जीवन बीमा क्षेत्रको अग्रणी बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको प्रदेश १ को Skill development & Motivational programme सम्पन्न भएको छ।

नेपाल लाइफ केन्द्रीय कार्यालय र पूर्वाञ्चल क्षेत्रीय (प्रदेश) कार्यालयको आयोजना तथा प्रदेशका विभिन्न शाखा तथा उपशाखा कार्यालयको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा पूर्वका सात हजार ६ सयभन्दा बढी जीवन बीमा अभिकर्ताहरु सहभागी भएका छन् । माघ ७ गतेदेखि झापाकाे बिर्तामोडबाट सुरु भएको कार्यक्रम माघ १० गते ताप्लेजुङ, माघ १२ पाँचथरकाे फिदिम, माघ १३ इलाम, माघ १४ गते दमक, माघ १५ इटहरी, माघ १६ गते धरान र माघ १७ गते लहानमा भब्यरुपमा सम्पन्न भएको छ ।

पूर्वका यी ८ स्थानलाई केन्द्रित गरी आयोजना गरिएको कार्यक्रममा पूर्वका ताप्लेजुङ, थर्पु, फिदिम, इलाम, फिक्कल, काँकरभिट्टा, धुलाबारी, चन्द्रगढी, बिर्तामोड, सुरुङ्गा, गौरादह, दमक, उर्लाबारी, पथरी, लेटाङ्ग,  बिराटचोक, इटहरी, बिराटनगर, रङ्गेली, इनरुवा, धरान, धनकुटा, राजबिराज, कञ्चनपुर, कटारी, मिर्चैया, सिराहा, लहान र गाइघाट लगायतका शाखाहरुका ब्यवसायिक बीमा अभिकर्ताको उत्साहजनक सहभागिता रह्यो।

कार्यक्रममा कम्पनीका मार्केटिङ विभागका प्रमुख उमापति पोखरेल, प्रदेश प्रमुख टीकादत्त प्याकुरेलको मुख्य सहजीकरण रहेको थियो भने सम्पूर्ण शाखा उपशाखा प्रमुखहरुको सहायक भूमिका रहेको थियो।

कार्यक्रमले पूर्वमा जीवन बीमा सम्बन्धी व्यापक छलफल र अन्तरक्रिया भएको छ। बीमाको आवश्यकता र महत्त्वको बारेमा अभिकर्ताहरुलाई थप जानकारी बढेको छ। काम गर्ने उत्साह थपेको छ।

कम्पनीले यस बर्षको अर्धवार्षिक अवधिमा १७ अर्ब ६२ करोड बीमा शुल्क संकलन गर्दै अग्रस्थानमा रहेको छ।लगानी १०५ अर्ब, जीवन बीमा कोष ९५ अर्ब, चुक्तापूँजी ७२० करोड, महा बिपत्ती कोष ६० करोड, अधिकृत पूँजी १० अर्ब, हाल सम्मको भुक्तानी ३० अर्ब, शाखा कार्यलयहरु २००, बीमितको सङ्ख्या २७ लाख र प्रशिक्षित बजार सहजकर्ता,अभिकर्ताहरुको संख्या १ लाख ६० हजार रहेको छ।