कार्की र तिम्सिना महासंघको व्यापार मेला समितिमा मनोनित



झापा– नेपाल उद्योग वाणिज्य महासंघले व्यापार मेला समितिको केन्द्रीय सदस्यमा झापाका दुई युवा व्यवसायीलाई मनोनित गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रथम विस्तारित वैठकले बिर्तामोडका व्यवसायी वलराम कार्की र मेचीनगरका व्यवसायी ऋषिराम तिम्सिना मनोनित भएका हुन् ।

कार्की बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् भने तिम्सिना मेची उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले कार्की र तिम्सिनालाई सदस्यको प्रमाणपत्र प्रदान गरेका छन् ।

देशभरबाट २१ जना महासंघको व्यापार मेला समितिमा सदस्य छन् । समितिको सभापतिमा झापाका व्यवसायी नरेन्द्रकुमार रहेका छन् ।